काठमाडौंको शिवपुरीमा बृहत हाइकिङ्ग हुदै

काठमाडौंको शिवपुरीमा बृहत हाइकिङ्ग हुदै


काठमाडौं,

ताप्लेजुङ्ग समाज नेपालको आयोजनामा फागुन १७ गते शनिबारका दिन बृहत हाइकिङ्ग हुने भएको छ। बिहान ७ बजे सुरु हुने कार्यक्रम बुढानिलकण्ठस्थित तपेस रिसोर्टबाट सुरु भई शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जको मुहानपोखरी, नागी, गुम्वा, तारेभिर हुदै १५ कि.मिको बाटो तय गर्दै नारायण डाँडाँमा रहेको अल्टिमेट भेन्यु रिसोर्ट पुगी खानपान साथै बिबिध साँस्कृतिक कार्यक्रममा परिणत हुने आयोजकले जानकारी दिए ।

समाजले उपाध्यक्ष रमेश बरालको संयोजकत्वमा सात सदस्यीय मूल व्यवस्थापन समिति बनाएको छ। जसमा सहसंयोजक युवराज गुरुङ, इन्द्रबहादुर शेर्पा, टिकाराम गुरुङ, तारादेवी लिम्बु, अग्नि पौडेल साथै सदस्य सचिवमा चैतन्य तुम्बाहाम्फे रहेका छन् ।

त्यस्तै १३ वटा उपसमिति बनाउदै समाजले हाइकिङ्गको पूर्ण तयारी गरेको छ । युवराज गुरुङको नेतृत्वमा संघसंस्था समन्वय उपसमिति, योगेन्द्र नेयोहांगको नेतृत्वमा आर्थिक व्यबस्थापन उपसमिति, साँस्कृतिक व्यबस्थापनमा याङ्गजोम शेर्पा, प्रचारप्रसारमा लोकेश लिबांग , खानपिन व्यबस्थापनमा हरि थापा, टीसर्ट वितरणमा देउमान बिष्ट, सरसफाई संयोजन उपसमितिमा मिङ्गमा कामि शेर्पा, पर्यटन व्याबसायीसँग सम्बन्धित संघ संस्था संयोजनमा संगम शेर्पा , स्वयंसेवक व्यबस्थापनमा मान थलङ्ग ,नामावली दर्ता व्यबस्थापनमा तिलप्रसाद लिम्बु रहेका छन् । यस्तै प्राथमिक उपचार व्यबस्थापनमा टिकाराम गुरुङ, एम्बुलेन्स व्यबस्थापनमा इन्द्रबहादुर शेर्पा ,महिला सहभागी संयोजन समितिमा तारादेवी लिम्बु साथै माननीय पासाङ्ग शेर्पाको नेतृत्वमा अनुगमन बिशेष समिति बनाउदै विभिन्न जिम्मेवारी बाडफाड गरेको समितिका संयोजक रमेश बरालले बताएका छन्।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरु, सम्बन्धित क्षेत्रका सांसदहरु, ,विभागीय प्रमुखहरु, विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरु, सम्बन्धित क्षेत्रका जनप्रतिनिधिहरु ,पर्यटन व्याबसायीहरु, कलाकार, पत्रकार, बिदेशी पर्यटकहरु, जिल्लाका विशिष्ट व्यक्तिहरु ,बिविध पेशाकर्मीहरु ,जिल्लाबासी सम्पूर्ण जनसमुदायको सहभागिता रहनेछ।

भ्रमण बर्षको अवसर पारेर नेपाल घुम्न आएका १०० जना भन्दा बढि बिदेशी पर्यटकलाई भ्रमण बर्ष २०२० सचिबालयसँगको सहकार्यमा बिशेष सम्मान साथै हाइकिङ्गमा सहभागी गराउने समितिका सदस्य सचिब चैतन्य तुम्बाहाम्फेले बताए । पदयात्रामा सहभागी जेष्ठ नागरिकहरुलाई समापन कार्यक्रममा दोसल्ला ओडाइ सम्मान गरिने र बालबालिकालाई पनि अनुगमन बिशेष समितिको सिफारिसमा प्रोत्साहन उपहार प्रदान गरिने पनि तुम्बाहाम्फेले जानकारी दिए।

हाइकिङ्ग यात्राका क्रम मा कुनै प्रकारका हातहतियार प्रज्वलशिल पदार्थ बोक्न निषेध साथै यात्रा क्षेत्र दुर्लभ बन्यजन्तुको वासस्थान भएका कारण अधिक होहल्ला नगर्न पनि समाजले सम्पूर्णमा आग्रह गरेको छ।

गत साल पनि ताप्लेजुङ्ग समाजकै आयोजनामा बृहत रक्तदान कार्यक्रम काठमाडौ मा भएको थियो । जसमा २७७ जनाबाट रक्तदान गराउदै देशकै दोश्रो रक्तदाता संस्था बन्न सफल भएको थियो।

Logo