ओमानलाई नेपालले दियो २५० रनकाे लक्ष्य

ओमानलाई नेपालले दियो २५० रनकाे लक्ष्य


काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानलाई नेपालले विशाल लक्ष्य प्रस्तुत गरेकाे छ । नेपालले ओमानलाई २५० रनकाे लक्ष्य दिएकाे हाे ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ४९ रन बनाएकाे हाे।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ५६ रनको अर्धशतकीय इनिङ्स खेले ।  यस्तै पारस खड्काले ३८ रन जोड्दा विनोद भण्डारीले ३५ रन बनाए । आरिफ शेख र कुशल मल्ल समान २८/२८ रनमा आउट भए । ओपनर सुवास खकुरेलले २२ रन जोड्दा करण केसी १० रनमा आउट भए ।

दिपेन्द्र सिंह ऐरी सुन्य रनमा आउट हुँदा सन्दीप लामिछानेले अविजित १० रन बनाए । डेब्यु खेलाडी कमल सिंह ऐरी ९ रनमा अविजित रहे ।

ओमानका अकिब इलासले ४ विकेट लिए । मोहमद नदीमले ३ विकेट लिए ।

Logo