भक्तपुर साहित्यिक समाजद्धारा ५ सर्जकलाई सम्मान र पुरस्कार

भक्तपुर साहित्यिक समाजद्धारा ५ सर्जकलाई सम्मान र पुरस्कार


भक्तपुर । भक्तपुर साहित्यिक समाजले २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा छन् । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्य छन् ।

शनिबार भक्तपुरमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाबु ग्वंगःको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत प्रतिभाहरुलाई ५ हजार ५ सय ५५ रुपियाँ सहित प्रमाण–पत्र प्रदान गरिएको थियो । समाजका अध्यक्ष राजुराम मुनंकर्मीले भक्तपुर साहित्यिक समाजले मुलुकभर छरिएर रहेका र नेपाली र नेपाल भाषा साहित्यमा योगदान पुर्याएका तर गुमनाम भएर बसेका वा राज्य वा साहित्यिक सँस्थाहरुको ध्यान नभएका स्रष्टातथा सर्जकहरुलाई खोजी खोजी पुन नेपाली वाङ्मय क्षेत्रमा ती सर्जकहरुको योगदान बढाउन प्रोत्साहन गर्दै आएको बताए । कार्यक्रममा सम्माति स्रष्टा रत्न बेहोसीले ‘काय् मचा ल्याम्हो’ बोलको आफ्नो चर्चित गीत गाइएको थियो । त्यस्तै महाकवि चन्द्रप्रसाद न्यौपाने भक्तपुर साहित्यिक समाजको सम्मानले आफुलाई काव्य जगतमा र नेपाली भाषा वाङमयमा थप काम गर्न हौशला दिएको भन्दै आफुलाई जीवनभर नेपाली साहित्य वाङ्मयमा समर्पित राख्ने बताए । महाकवि न्यौपानको चर्चित बृहत्तर काव्य चन्द्रयुग सहित ४ दर्जन कृति प्रकाशित छन ।

त्यस्तै सम्मानित व्यक्तित्व विनोदराज शर्माले लेखक र साहित्यकारलाई समाजले हेर्ने दृष्टिकोण बदल्नुपर्ने आवश्यक्ता औंल्याएका थिए । प्रतिभा पुरस्कारबाट पुरस्कृति डा. जुनु बासुकला रन्जित र अनिश शाक्यले भक्तपुरकै माटोमा जन्मिएर नेपाली वाङ्मयमा काम गरिरहेका यूवा प्रतिभाहरुलाई दिइने प्रतिभा पुरस्कारले यूवा सर्जकहरुलाई आगामी दिनमा नेपाली कला साहित्यको बाटो फराकिलो बनाउँदै जान हौशला मिलेको बताए ।

कार्यक्रमा विशिष्ठ अतितिथ कृष्णलाल प्रधानले नेपाली साहित्यमा भक्तपुर साहित्यिक समाज उपस्थितिले युवा आवस्था पुगेको बताए । २१औं स्थापना दिवस मनाएर २१ वर्षको युवा बनेको भक्तपुर साहित्यिक समाजले अब यूवा जोस जाँगरमै रहेर नेपाली वाङ्मयलाई थप उर्वर बनाउन अझै धेरै काम गर्न बाँकीरहेको बताए ।

प्रतिभा पुरस्कारका दाता आरबी जोशी फाउण्डेशनका अध्यक्ष राजाराम जोशीले नेपाली वाङ्मय श्री वृद्धिका लागि भक्तपुर सुाहित्यिक समाजले विगत २० वर्ष देखि गरेको योगदानको चर्चा गरेका थिए ।

२१औं स्थापना दिवसकै अवशरमा समाजका अध्यक्ष मुनंकर्मीले विशिष्ट सदस्यहरु, अभय मुनंकर्मी,काशिराम विरस, श्याम सम्यक र आजीवन सदस्यहरु रोशन धौभडेल, टेकबहादुर सिकर्मी (सुधिर ख्वबि) , सुशिला प्रधानाङ्ग, ललिता दोषी, तुल्सीहरि प्रजापति,विवेकमान कर्माचार्य, चन्द्रनारायण श्रेष्ठ, ओमकृष्ण श्रेष्ठ र पवित्रा दाहाललाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम समाजके सचिव जितेन्द्र रसिकले सञ्चालन गरेका थिए ।

Skip This
Logo