आईसीसी विश्वकप क्रिकेट लिग-२ : ज्ञानेन्द्र मल्लको अर्धशतक

आईसीसी विश्वकप क्रिकेट लिग-२ : ज्ञानेन्द्र मल्लको अर्धशतक


काठमाडौं ।

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत आज नेपाल र ओमानवीच प्रतिस्पर्धा भइरहेको छ । ओमानविरुद्धको खेलमा आज कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक पूरा गरेका छन् । उनले ७५ बलमा ५६ रन बनाए ।

ओमानविरुद्ध टस हारेर पहिलो ब्याटिङ गरिरहेको नेपालले आजको खेलमा एक खेलाडी परिवर्तन गरेको छ । अभिनास बोहोराको स्थानमा कमलसिंह ऐरीले टोलीमा स्थान पाएका छन् ।

कीर्तिपुरस्थित क्रिकेट मैदानमा जारी खेलको ताजा अवस्थामा ३० ओभरमा ४ विकेटको क्षतीमा नेपालले १३८ रन बनाएको छ । खेल जारी छ । ओमानसँग यस अघि पहिलो खेलमा नेपाल १८ रनले पराजित भएको थियो ।

शनिबार अमेरिकासँग भने नेपालले ३५ रनको जित हासिल गरेको थियो । ओमानले यसअघि खेलेका २ वटै खेल जितिसकेको छ ।

Logo