भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल

भ्रष्टाचारीलाई ठाउँ छैन : मन्त्री अर्याल


स्याङ्जा ।
भूमि व्यवस्था, गरीबी निवारण तथा सहकारीमन्त्री पद्माकुमारी अर्यालले मुलुकमा अब भ्रष्टाचारीलाई ठाउँ नभएको बताएकी छिन् । हरिनास गाउँपालिका–४ स्थित चित्रेमा रहेको मातृभूमि माध्यमिक विद्यालयको ५८ औँ वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री अर्यालले सरकार भ्रष्टाचारलाई शून्यमा झार्ने प्रतिबद्धता अनुसार अगाडि बढेकाले अब मुलुकमा भ्रष्टाचारीलाई ठाउँ नभएको बताएकी हुन् ।

मन्त्री अर्यालले भनिन् “सरकारले काम गरेन, भ्रष्टाचार बढ्यो, भ्रष्टाचारीको संरक्षणमा लाग्यो भन्नेहरु नै अहिले सरकारको भ्रष्टाचारलाई शून्यमा झार्ने अभियानसँग तर्सिएर अनर्गल प्रचारमा लागेका छन् ।” अख्तियारले काम थालिसकेको बताउँदै अख्तियारले गरेको काममा बाधा पुग्ने खालका अभिव्यक्ति जिम्मेवार व्याक्तिबाट आउन नहुने मन्त्री अर्यालको भनाइ थियो ।

सहकारीमार्फत सीपमूलक कामका साथै सामूहिकरूपमा व्यावसायिक कृषि प्रणाली अपनाई जनताको जीवनस्तरमा आमूल परिवर्तन ल्याउने योजनामा मन्त्रालय रहेको भन्त्री अर्यालको भनाइ छ ।

Logo