प्रदेश नं २ को सीमावर्ती क्षेत्रमा सहायता कक्ष सञ्चालन

प्रदेश नं २ को सीमावर्ती क्षेत्रमा सहायता कक्ष सञ्चालन


जनकपुर ।
कोरोना भाइरस रोकथाम गर्ने उद्देश्यले प्रदेश नं २ को भारतसँग जोडिएका सीमावर्ती क्षेत्रमा सहायता कक्ष (हेल्प डेस्क) स्थापना गरिएको छ ।

भारतसँग जोडिएको मुख्य नाका वीरगञ्जका साथै भारतसँग आवतजावत हुने अन्य सीमावर्ती क्षेत्रमा पनि सहायता कक्ष स्थापना गरिएको प्रदेश नं २ को सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक हरिशचन्द्र साहले जानकारी गराए ।

धनुषाको सीमावर्ती क्षेत्र जटहीका साथै विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । जटहीमा कोरोना भाइरस सहायता कक्षका लागि नगराइन नगरपालिका, प्रादेशिक अस्पताल जनकपुर र सशस्त्र प्रहरीको सहयोगमा सहायता कक्ष सञ्चालन गरेको नगराइन नगरपालिकाका प्रमुख परमेश्वर यादवले जानकारी गराएका छन् ।

त्यस्तै प्रदेश नं २ को स्वास्थ्य निर्देशनालयको समन्वयमा महोत्तरीका १३ स्थानमा कोरोना भाइरस जाँचका लागि सहायता कक्ष स्थापना गरिएको छ । नाकामा आवागमन गर्नेहरुमध्ये शङ्का लागेका व्यक्तिको जाँच गर्ने तथा आवश्यकता अनुसार अस्पतालसम्म पु¥याउने व्यवस्था गरिएको छ ।

सप्तरीमा पनि कोरोना भाइरसबाट जोगिन सतर्कता अपनाइएको छ । भाइरसबाट जोगिन जिल्लास्थित राजविराज विमानस्थल तथा नेपाल–भारत सीमा नाकामा सहायता कक्ष स्थापना गरी आजदेखि शङ्कास्पद व्यक्तिको स्वास्थ्य जाँच गर्न थालिएको हो ।
रासस

Skip This
Logo