अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूको मृत्यु

अफगानिस्तानमा सैनिक कारबाहीमा १८ लडाकूको मृत्यु


अफगानिस्तान । अफगानिस्तानको पूर्वी लघमान प्रान्तमा दुई साताको अवधिमा सेनाको कारबाहीमा एक जना तालिबानी कमान्डरसहित कम्तीमा १८ तालिबानी लडाकूको मृत्यु भएको छ ।

सेनाद्वारा जारी विज्ञप्तिमा तालिबानका स्थानीय कमान्डर मुल्लाह ब्रादारको मृत्यु भएको उल्लेख छ । कारबाहीका क्रममा अलिसिङ जिल्लाका तालिबानका छाया गभर्नर क्वारी मेराजुद्दीन समेतका अरु दर्जनौं लडाकू घाइते भएका छन् । उक्त सैनिक कारबहीमा लडाकू बिमानको पनि प्रयोग गरिएको सेनाले जनाएको छ ।

दर्जनौं गाउँ तालिबानीको कब्जाबाट मुक्त गर्न सफल उक्त सैन्य कारबाहीका क्रममा चार जना सैनिक पनि घाइते भएको सेनाले जनाएको छ । उक्त कारबाही र क्षतिका बारेमा तालिबान समूहले केही बताएको छैन ।

Skip This
Logo