कुशल मल्लको कीर्तिमानसँगै नेपालको जित

कुशल मल्लको कीर्तिमानसँगै नेपालको जित


काठमाडौं । विश्वकप छनोट अन्तरगत आईसीसी विश्वकप क्रिकेट लिग-२ मा नेपालले पहिलो जित दर्ता गरेको छ ।

टियु क्रिकेट मैदानमा शनिबार भएको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा अमेरिकालाई ३५ रनले पराजित गर्दै नेपालले पहिलो जित दर्ता गरेको हो ।

नेपालले दिएको १ सय ९१ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अमेरिका ४४ ओभर १ बलमा अलआउट हुँदै १५५ रनमा समेटियो ।

नेपालका करण केसीले ४ विकेट लिए । यस्तै सुशन भारीले ३ विकेट लिंदा सन्दीप लामिछानेले २ र कुशल मल्लले १ विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९ ओभर २ बलमा अलआउट हुँदै १ सय ९० रन बनाएको थियो ।

नेपालको लागि विनोद भण्डारी र डेब्यु खेलाडी कुशल मल्लले अर्धशतकीय इनिङ्स खेले । डेब्यु खेलमै अर्धशतक पुरा गरेका कुशलले ५० रन बनाए । कुशलले डेब्यु खेलमै अर्धशतक बनाएर विश्व कीर्तिमान समेत बनाएका छन् ।

 

Logo