ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित

ए डिभिजन लिगमा हिमालयन शेर्पाको जित


काठमाडौं ।

ए डिभिजन लिग फुटबल अन्तर्गत शनिबार भएको खेलमा हिमालयन शेर्पा क्लबले च्यासल युथ क्लबलाई पराजित गरेको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोबाटोमा भएको खेलमा शेर्पाले च्यासललाई ३-२ ले पराजित गर्‍यो । शेर्पाका लागि खेलको २८ औं र ५० औं मिनेटमा गरी विजय गुरुङ २ गोल खेलको ३३ औ मिनेटमा त्रिदेव गुरुङले १ गोल गरेका थिए ।

च्यासलका लािग हायातु वाकिनोले दुई गोल गरेपनि हार टार्न सकेनन् । आजको जितसँगै शेर्पाले ११ खेलबाट १० अंक जोडेको छ । च्यासलको १२ अंक रहेको छ ।

Logo