ललितपुरका विभिन्न ९ स्थानमा आज दिनभरि बत्ती जाने

ललितपुरका विभिन्न ९ स्थानमा आज दिनभरि बत्ती जाने


ललितपुर ।

ललितपुरका विभिन्न ९ स्थानमा आज बत्ती जाने भएको छ । पुल्चोक वितरण केन्द्र फिडरबाट वितरित ११ के.भी लाइनमा सपोर्ट च्यानल परिवर्तन गर्नु पर्ने भएकाले त्यस आसपासका क्षेत्रमा बत्ती जाने भएको हो ।

बिहान ११ बजेखि साँझ ४ बजेसम्म बत्ती जाने केन्द्रले जनाएको छ । यस फिडर अन्तर्गत छवाहल, पाटन ढोका, नपहिटी, कुम्भेश्वर, शङ्खमूल, धपागल, मङ्गल बजार र लगनखेल लगायतका स्थानमा बत्ती जाने बताइएको हो ।

निर्धारित समय अगावै काम सकिएमा भने ४ बजेभन्दा पहिले नै बत्ती आउने पनि केन्द्रले जानकारी दिएको छ ।

Logo