#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30601808954066739827522249467
नेपाल615933901738343820

सडकमा प्रमाणपत्र देखाउँदै हिँड्न आवश्यक छैन :प्रधानन्यायाधीश

रुकुम, २९, पुस

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रका बारेमा उठेका प्रश्नको संसदीय समितिमा जवाफ दिइसकेको बताएका छन् । रुकुम पूर्वको जिल्ला अदालत शुक्रबार उद्घाटन गर्दै उनले अहिले सडकमा कोही कराउँदैमा केही नहुने बताए। आफू सक्षम भएर न्याय क्षेत्रमा प्रवेश गरेको र प्रधानन्यायाधीश बनेको उनको भनार्इ छ ।

‘मैले पेश गर्ने ठाउँमा प्रमाण पेश गरिसकेको छु, अब सडकमा प्रमाण देखाउँदै हिँड्न आवश्यक छै, उनले भने । विभिन्न वाहानामा न्यायालय प्रतिको विश्वास कम गराउन केही शक्ति लागेकाले त्यो सम्भव नहुने उनको धारणा छ । ‘हिजो पनि न्यायालय न्यायमूर्ति थियो”, उनले भने, ‘आज र भोलि पनि न्यायमूर्ति रहन्छ।’ न्यायकर्मी जनताको भावना, न्यायको मूल्य मान्यता, पद्धति र प्रणालीबाट चल्ने गरेको बताउँदै उनले जिल्ला अदालत पनि सोही प्रणालीबाट चलिरहेको र अबका दिनमा पनि त्यसरी नै सञ्चालन हुन निर्देशन दिए ।
रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार