#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31243217965097744251722835603
नेपाल641224111747846233

गरिबका लागि अपार्टमेन्ट ! त्यो पनि प्रयोगविहीन !?

काठमाडौं, २९, पुस
सरकारले सहरी गरिब तथा न्यून आय भएका परिवारका लागि १२ करोड भन्दा धेरै खर्चेर काठमाडौंको इचंगुनारायणमा बनाएका अपार्टमेन्ट प्रयोग विहीन छन् । कस्ता गरिब तथा विपन्न परिवारलाई भवन हस्तान्तरण गर्ने भन्ने निक्र्योल नहुँदा अपार्टमेन्ट खाली छन् । मापदण्ड बनाउनेबारे सहरी तथा गरिबी निवारण मन्त्रालय, सहरी विकास मन्त्रालय र उपत्यका विकास प्राधिकरण बीच समन्वय हुन सकेको छैन । जसका कारण भवन प्रयोगविहीन बनेको सहरी विकास तथा भवन निर्माण विभागका सहसचिव वसन्तकुमार राईले बताए । अपार्टमेन्टमा रङरोगन गर्न मात्र बाँकी रहेको उनले बताए ।

चार रोपनी तीन आना एक पैसा एक दाममा बन्ने भवनका लागि ६ करोड ८१ लाख २३ हजार ५ सय ८५ रुपैयाँमा १ भदौ ०६९ मा निर्माण सम्झौता भएको थियो । ०७१ को अन्त्यतिर भवन तयार भए । पहिलो चरणमा निर्माण भएको यस भवनमा १ सय २७ वटा आवास इकाइ छन् । एक आवास इकाइमा एउटा परिवार बस्न सक्छ । पाँचतले अपार्टमेन्ट अन्तर्गतका आवास इकाइमा बेडरुम, किचेन, चर्पी, बैठक र बाल्कोनी छन् ।

अपार्टमेन्ट तयार भए पनि कस्ता गरिबलाई आवास दिने भन्ने विषयमा स्पष्ट कार्यविधि बनेको छैन । ‘गरिबको कसरी पहिचान गर्ने भन्ने विषयमा कुनै स्पष्ट कार्यविधि त हुनुपर्‍यो नि,’ सहसचिव वसन्तकुमार राईले भने, ‘सहकारी तथा गरिबी निवारण मन्त्रालयलगायत सरोकारवाला मन्त्रालय बीच समन्वय नहुँदा कार्यविधि अलपत्र परेको छ ।’
नयाँपत्रिकाबाट

 

सम्बन्धित समाचारहरु