जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख लिएको आरोपमा पक्राउ

जेलबाट छुटाइदिन्छु भन्दै ४२ लाख लिएको आरोपमा पक्राउ


काठमाडौं । जेलमा रहेका एकजनालाई छुटाइदिने भन्दै ४२ लाख रकम घूस लिएको आरोपमा एक वकिल पक्राउ परेका छन् ।

महानगरीय अपराध महाशाखाको टोलीले माइतीघरमा रहेको जनन्यायिक कानुनी सेवा केन्द्रका अधिवक्ता टंक रानामगरलाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार रानामगरले राजस्व चुहावटमा पूर्पक्षका लागि जेल चलान भएका रमेश दहालको परिवारसँग सो रकम लिएका थिए ।

Logo