शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार विजयी

शहीद स्मारक ए डिभिजन लिगमा थ्री स्टार विजयी


काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगमा रुस्लान थ्री स्टार क्लबले संकटा क्लबलाई शुक्रबार १–० ले पराजित गरेकाे छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा अनन्तले ६१ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक बन्यो ।

११ खेलमा छैटौं जितपछि थ्री स्टारको २० अंकसहित अंक तालिकाको तेस्रो स्थानमा उक्लेको छ । शीर्षस्थानको त्रिभुवन आर्मी क्लबको २६ र दोस्रो स्थानको सानमिगेल मछिन्द्र क्लबको २५ अंक छ । १९ अंकको नेपाल आयल निमग मनाङ मस्र्याङ्दी क्लब चौथो स्थानमा झरेको छ । मनाङले १ खेल कम खेलेको छ ।

आज दिउँसो ३ः०० बजे सुरु हुने खेलमा नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बिबिसी) बीच प्रतिस्पर्धा हुनेछ ।

Logo