नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबिच सम्झौता

नबिल बैंक र नेपाल दुरसंचार कम्पनीबिच सम्झौता


काठमाडौं ।

नेपाल दुरसंचार कम्पनी लिमिटेड र नबिल बैंक लिमिटेडबीच पेमेन्ट गेटवे सेवाका लागि बिशेष सम्झौता सम्पन्न भयो ।

नेपाल टेलिकमले आफ्नो १६ औं बार्षिकोत्सबको बिशेष अवसर पारेर नबिल बैंकसँगको सहकार्यमा पेमेन्ट गेटवे सेवा संचालनमा ल्याएको छ । यस सेवा अन्तर्गत नेपाल टेलिकमका ग्राहकहरुले पहिलो चरणमा टेलिकमको वेभसाइटमा रहेको कार्ड पेमेन्ट सुविधा मार्फत सम्पूर्ण भिसा तथा मास्टरकार्डहरु प्रयोग गरी हाललाई पोष्टपेड तथा प्रिपेड मोबाइल रिचार्ज गर्न सक्ने छन् । साथै निकट भविष्यमा यो सेवा नेपाल टेलिकमको मोबाईल एप मार्फत पनि उपलब्ध गराईने छ ।

बिशेष समारोहबीच सम्पन्न कार्यक्रममा नेपाल टेलिकमका प्रमुख व्यवसायिक अधिकृत भानु राज श्रेष्ठ तथा नबिल बैंकका तर्फबाट प्रमुख बजार व्यवस्थापन अधिकृत बिनय कुमार रेग्मीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा बोल्दै टेलिकमका प्रमुख व्यवसायिक अधिकृत श्रेष्ठले ग्राहकको माग र विधुतीय पेमेन्ट प्रणालीको आवश्यकतालाई मध्यनजर गर्दै सुरु गरिएको यो सेवा मार्पmत संसारको कुनै पनि कुनाबाट भिसा तथा मास्टरकार्ड प्रयोग गरी नेपाल टेलिकमको मोबाइल रिचार्ज तथा व्यालेन्स टपअफ गर्न सकिने भएकोले ग्राहकहरुलाई सेवा प्रयोग गर्न निकै सहज हुने विश्वास लिईएको जानकारी गराए । हाललाई प्रिपेड तथा पोस्टपेड मोबाईलबाट सुरुवात गरिएको यो सेवा निकट भविष्यमा नेपाल टेलिकमका अन्य सेवाहरु खरिद गर्न तथा बिल तिर्न पनि प्रयोग गर्न सकिने छ ।

Logo