#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व32139196982732744815323708311
नेपाल693014531843750411

स्वयम्भू आगलागीमा रु ३० लाख क्षति

काठमाडौँ, २९ पुस

काठमाडौँ महानगरपालिका– १५ स्थित स्वयम्भू ज्ञानमाला भजन घरमा गए राति भएको आगलागीमा करिब रु ३० लाख बराबरको क्षति भएको छ । 

भक्तजनले बालेको धूपबत्तीबाट आगो सल्केर भजन घरमा आगलागी भएको थियो । महानगरीय प्रहरी वृत्त स्वयम्भूका प्रमुख किशोर श्रेष्ठले आगलागीबाट हस्तकला, फर्निचर, भजनका सामग्रीलगायत नष्ट भएको जानकारी दिनुभयो । 

आगो नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी तथा काठमाडौँ, ललितपुर र भक्तपुरका दमकलबाट नियन्त्रणमा लिइएको थियो । त्यस क्षेत्रबाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ तथा प्रदेशसभा सदस्य अष्टलक्ष्मी शाक्य र राजेश शाक्य राति नै घटनास्थल पुग्नुभएको थियो । घटनामा मानवीय क्षति भएको छैन । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार