अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषाको पढाइ हुने

अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषाको पढाइ हुने


अस्ट्रेलिया  । अस्ट्रेलियाका सरकारी बिद्यालयमा नेपाली भाषाको पढाइ हुने भएको छ । विहिवार हाम्रो समाज अस्ट्रेलिया अध्यक्ष डा‍. मोम विश्वकर्माले नेपाली भाषीको तर्फवाट एनएसडब्लु शिक्षामन्त्री सराहा मिचेललाई संसद भवनमा भेटी नेपालीहरुको जनसंख्या अनुसार नेपाली भाषमा अध्यापन हुनु पर्ने विषयमा भेटघाट तथा छलफल गरेका छन् ।

भेटघाटको क्रममा डा.विश्वकर्माले नेपालीहरु बाहुल्य भएको ठाउँहरु सिड्नीका पश्चिमी क्षेत्रहरु क्याम्सी,हार्टाकोट,रक्देल,मिन्ताो,कम्वेलटाउन,अवर्न लगयात क्षेत्रका सार्वजनिक विश्वबिद्यालयमा नेपाली भाषाको कक्षा संचालन हुनु पर्ने माग राखेका थिए । सो वैठकमा शिक्षा बिभागका प्रतिनिधिले नेपाली विद्यार्थी उल्लेख्य मात्रा रहेका स्थानहरुमा सामुदायिक भाषा बिद्यालय मार्फत आवश्यक सहयोग गर्न लागेको जानकारी दिएका छन् । सो क्रममा सांसद सोफी कोत्सिससले क्याम्सी,हार्टकोट,रक्देल लगयात विद्यालयमा नेपाली भाषा कक्षा संचालन गर्ने प्रयासको लागि वैठकको आयोजना गरेको बताइन् ।

बैठकमा एनएसडब्लु राज्यकी संसद सोफी कोत्सिसले कयाम्सी क्षेत्रमा नेपाली भाषा कक्षा संचालन गर्न कयाम्सी पब्लिक स्कुल प्रिन्सिपल संग सहकार्य गरेको  जानकारी गराइन् । कोत्तिससले यो कार्यमा  सरकारले सक्दो सहयोग गर्नु पर्ने माग शिक्षा मन्त्री समक्ष राखेकी हुन् ।

यो मागलाई ध्यानमा राख्दै एनएसडब्लु कि शिक्षामन्त्री  शराहा मिचेलले सामुदायिक भाषा विद्यालय मार्फत आवश्यक कोर्ष (पाठ्यक्रम) तयार गर्नको लागि सिड्नी विश्वबिद्यालयसित सहयकार्य भइरहेको बताइन् । शिक्षक सेवामा प्रवेश गर्न चाहाने नेपालीलाई प्रतिस्पर्धाको आधारमा तालिमको व्यवस्था गरिने उनले बताइन् ।

नेपालीहरुको बढ्दो जनघनत्व भएका स्थानहरुमा नेपाली मूलका बालबालिकालाई नेपाली भाषाको ज्ञान दिने र नेपाली भाषाको संरक्षणको लागि नेपाली समुदाय तथा संघसंस्थाको प्रयासमा नेपाली भाषामा पढाइ हुनु पर्ने माग अघि बढेको थियो ।

नेपालीहरुको बढ्दो जनघनत्व भएका स्थानहरुमा नेपाली मूलका बालबालिकालाई नेपाली भाषाको ज्ञान दिने र नेपाली भाषाको संरक्षणको लागि नेपाली समुदाय तथा संघसंस्थाको प्रयासमा नेपाली भाषामा पढाइ हुनु पर्ने माग अघि बढेको थियो । वैठकमा नीति तथा सल्लाहाकार जेसिका निली र शिक्षा मन्त्रालयका प्रतिनिधीको उपस्थिति थियो ।

Logo