#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31002707961612742974522611350
नेपाल627974011712945267

आगो ताप्दा शरीरका कपडा जलेर घाइते

काँकडभिट्टा, २९ पुस 

आगो ताप्दा शरीरका कपडा जलेर बुद्धशान्तिकी एक गृहिणी सख्त घाइते हुनुभएको छ । 

बुद्धशान्ति–३ की ४५ वर्षीया तारा भट्टराईलाई कम्मरमुनिको भाग जलेपछि बिर्तामोडको बिएन्डसी हस्पिटलको सघन उपचार कक्षमा राखेर उपचार गराइँदैछ । 

पारिवारिक स्रोतका अनुसार बिहान नुहाइसकेपछि घर बाहिर बालिएको आगो ताप्ने क्रममा उहाँको शरीरमा थाहै नपाई हुर्हुरी आगो सल्किएको थियो । आगो निभाउने क्रममा परिवारका अन्य तीन सदस्यसमेत सामान्य घाइते भएका छन् । रासस

सम्बन्धित समाचारहरु