कार चलाउन सिकाउँदा दुर्घटना, एक जनाको मृत्यु

कार चलाउन सिकाउँदा दुर्घटना, एक जनाको मृत्यु


बैतडी,
कार चलाउन सिकाउँदै गर्दा दुर्घटना भएपछि बैतडीमा गएराति एक जनाको मृत्यु भएको छ । अर्का एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा कार धनि दशरथचन्द नगरपालिका–४ शाहीलेकका २८ वर्षीय हरिश तिरुवा रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिए ।

दुर्घटनामा परी कृषि विकास बैंक शाखा शाहीलेक बैतडीका शाखा प्रबन्धक डिकरदेव पाण्डेय घाइते भएका छन् । बा ६प ९१९९ नं.को सो कार दशरथचन्द नगरपालिका–२ देहीमाडौँस्थित घुसल्ला मोड नजिककै निर्माणाधीन क्याम्पसको मैदानमा सिकाउने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनाग्रस्त कार मैदानभन्दा करीब १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
रासस

Logo