भारतद्वारा चीनबाट ६४० जनाको उद्धार

भारतद्वारा चीनबाट ६४० जनाको उद्धार


नयाँ दिल्ली ।
भारतले कोरोना भाइरसबाट अति प्रभावित चीनको वुहानबाट ६४० भन्दा बढी भारतीय नागरिकलाई उद्धार गरेको छ ।उद्धार गर्ने क्रममा माल्दिभ्सका सात जनालाई पनि उद्धार गरेको अधिकारीहरुले जानकारी दिएका छन् ।

चीनसँगको सहकार्य र समन्वयमा उनीहरूलाई उच्च जोखिमका बीचमा उद्धार गरिएको विदेश मन्त्रालयले जनाएको छ । “हामीले ६४० भारतीय नागरिकलाई चीनबाट उद्धार गरेका छौँ, उनीहरुसँगै माल्दिभ्सका सात जनालाई पनि उद्धार गरिएको छ,” मन्त्रालयका प्रवक्ता राविस कुमारले बताए ।

उनीहरुलाई दुई उडान मार्फत् भारत ल्याइएको र अधिकांशलाई वुहान र वुहान नजिकैका क्षेत्रबाट उद्धार गरिएको पनि उनले जानकारी दिए । पत्रकार सम्मेलनमा उनले दिएको जानकारी अनुसार उद्धार गरिएकाहरु मध्ये कसैलाई पनि कुनै पनि प्रकारको रोग देखिएको छैन ।

चीनमा गत डिसेम्बरदेखि देखिन थालेको कोरोना भइरसका कारण अहिलेसम्म ५६२ भन्दा बढीको मृत्यु भइसकेको छ भने अरु हजारौ सङ्क्रमित भएका छन् ।
रासस

Skip This
Logo