डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज

डा. केसीविरुद्धको अवहेलनाको मुद्दा खारेज


काठमाडौं ।

सर्वोच्च अदालतले डा गोविन्द केसीविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा खारेज गर्ने आदेश जारी गरेको छ । न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र प्रकाशमान सिंह राउतको बृहत् पूर्ण इजलासले विहिबार सो मुद्दा खारेज गर्ने आदेश जारी गरेको हो ।

सर्वोच्च अदालतका अधिकृत नेत्रबन्धु पौड्यालले डा केसीले अदालतको अवहेलना हुने गरी अभिव्यक्ति दिएको उल्लेख गर्दै अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए । सोही इजलासले विहिबार कान्तिपुर दैनिकविरुद्ध परेको अदालतको अवहेलना सम्बन्धी मुद्दा पनि खारेज गर्ने आदेश जारी गरेको छ ।

अधिवक्ता तोयानाथ ढुङ्गानाले तत्कालीन प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीको विवादास्पद जन्ममिति र शैक्षिक प्रमाणपत्रका विषयवस्तुमा अदालतको अवहेलना हुने गरी समाचार लेखेको उल्लेख गर्दै कान्तिपुरविरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए । यो दुवै मुद्दाको आदेशको पूर्णपाठ भने आउन बाँकी छ ।
रासस

Logo