ईपीएल क्रिकेटलाई आईसीसीको मान्यता

ईपीएल क्रिकेटलाई आईसीसीको मान्यता


काठमाडौं ।  आगामी चैतमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले मान्यता दिएकाे आयोजकले जनाएको छ ।

चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म टियु क्रिकेट मैदानमा संचालन हुनेछ । ईपीएलको यस मितिलाई नेपाल क्रिकेट संघ (क्यान) ले समेत स्वीकृति दिएको छ ।

चौंथो संस्करणको ईपीएलमा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । यस संस्करणमा काठमाडौं किंग्स इलाभेन, ललितपुर प्याट्रीयट्स, विराटनगर वारिवर्स, भैरहवा ग्लाडीयटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्ने छन् ।

 

Logo