अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता

अध्यक्ष दाहाल र बेलायती राजदूत पोलिटबीच भेटवार्ता


काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि संयुक्त अधिराज्य (बेलायत) का नवनियुक्त राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छिन् ।

खुमलटारमा आज बिहान भएको भेटवार्तामा दुई देशबीचको आपसी हितका विषयमा कुराकानी भएको बताइएको छ । सो अवसरमा पूर्वप्रधानमन्त्री दाहालले नेपालको विकासमा बेलायतले गर्दै आएको सहयोगप्रति धन्यवाद दिएका उनको निजी सचिवालयले जनाएको छ ।

पूर्वप्रधानमन्त्री दाहालले भने, “तपाईंको कार्यकालमा नेपाल र बेलायतको सम्बन्ध अझै प्रगाढ रहने मैले विश्वास लिएको छु, नेपाल आर्थिक समृद्धिको अभियानमा रहेको छ, देशको आर्थिक समृद्धिमा बेलायतको सहयोग अपरिहार्य रहेको छ ।” भेटमा बेलायती राजदूत पोलिटले आगामी दिनमा नेपालको विकासमा बेलायत सरकारको सहयोग जारी रहने बताइन् ।
रासस

Logo