#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31051654962482743751822651654
नेपाल641224111747846233

दशवर्षे कर्णाली विकास योजना अलपत्र हुनुमा प्रधानमन्त्री नै दोषी !

काठमाडौँ,३०,पुस
कर्णाली विकास आयोगले तयार गरेको दशवर्षे विकास योजना अलपत्र परेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले कर्णाली विकास परिषद्को बैठक नबोलाउँदा योजना कार्यान्वयनमा आउन सकेको छैन । आयोगले ६ महिना अघि नै विकास योजना तयार गरे पनि परिषद्का अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले चासो दिएका छैनन् । मुख्यसचिव लोकदर्शन रेग्मी मार्फत आयोगका पदाधिकारीले प्रधानमन्त्रीसँग समय मागिरहेका छन् ।

परिषद्ले विकास योजना पारित नगरे सम्म कार्यान्वयनमा आउँदैन । तत्कालीन प्रधानमन्त्री प्रचण्डसँग पनि आयोगका पदाधिकारीले भेटघाट गरी विकास योजना पारित गर्न परिषद्को बैठक डाक्न आग्रह गरेका थिए । परिषद्को बैठक नभएकाले दशवर्षे विकास योजना कार्यान्वयन हुन नसकेको निमित्त कार्यकारी निर्देशक पार्वती अर्यालले बताइन् ।

कर्णालीबाट नवनिर्वाचित प्रतिनिधिसभा र प्रदेश सभाका सदस्यहरूले आयोगले तयार गरेको दशवर्षे विकास योजना स्वीकृत गराई कार्यान्वयनमा लैजान दबाब दिने भएका छन् । आयोगले आयोजना गरेको दशवर्षे विकास योजनाको तयारी मस्यौदा माथि छलफल कार्यक्रममा उनीहरूले योजना स्वीकृत गराई कार्यान्वयनमा लैजानु पर्नेमा जोड दिएका छन् । जनप्रतिनिधिहरूले कर्णाली भित्र र बाहिरका विषय विज्ञसँग छलफल गर्ने, कर्णाली क्षेत्रमा उत्पादन हुने जडीबुटीको प्रयोगशाला बनाउनु पर्ने र अर्गानिक जोन बनाउन जोड दिनु पर्ने बताएका थिए ।
नयाँपत्रिकाबाट

सम्बन्धित समाचारहरु

ताजा समाचार