#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31240262965068743973522835459
नेपाल641224111747846233

नारायणगढ मुग्लिन सडक चार दिन चौबिसै घण्टा खुल्ने

चितवन,३०,पुस

रातमा ६ घण्टा बन्द हुने गरेको निर्माणाधिन नारायणगढ मुग्लिन सडक शनिबार देखि चार दिन चौबिसै घण्टा सञ्चालन हुने भएको छ । चितवन जिल्ला ट्राफिक कार्यालयले शनिबार सूचना जारी गरेर सो जानकारी गराएको हो। माघे संक्रान्तिको समय परेका कारण बाटो चौबिसै घण्टा खुला हुने बताइएको छ । ‘पुस २९, ३० र माघ एक तथा २ गते नारायणगढ मुग्लिन सडक सातमा पनि खुला नै रहनेछ’ चितवन जिल्ला ट्राफिक कार्यालयले निकालेको सूचनामा उल्लेख छ । सडक निर्माणलाई तिब्रता दिन भन्दै पुस १८ गते देखि रातको १० बजे देखि बिहान चार बजे सम्म सडक बन्द हुने गरेको थियो ।

माघे संक्रान्तिमा चितवन र तनहुँमा रहेको देवघाटधाममा नुहाउन देशका विभिन्न ठाउँ लगायत भारत सम्मका भक्तजनहरु आउँछन् । त्रिशुली र काली गण्डकीको संगमस्थल देवघाटधाममा नुहाउनेहरु लाखौं हुन्छन् । देवघाट नुहाउन आउनेहरुका कारण गाडीको चाप अरु बेलाको भन्दा निकै नै बढ्ने गर्छ । त्यसैले बाटो बन्द नगरेको अधिकारीहरुले बताएका छन्।
नागरिकबाट

सम्बन्धित समाचारहरु