कलङ्कीको अण्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु

कलङ्कीको अण्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिंदा २ जनाको मृत्यु


काठमाडौं ।

राजधानीको कलङ्कीस्थित अण्डरपासमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।

गएराति टिपरले ठक्कर दिँदा घाइते भएका रौतहट कटहरिया गाउँपालिकाका १९ वर्षीय राकेश चौधरी र सोहि ठाउँका २४ वर्षीय मुन्ना चौधरीको उपचारका क्रममा मृत्यु भएको हो । घाइते भएपछि शिक्षण अस्पताल महाराजगञ्जमा लगिएको मा उनीहरुको अस्पतालमै ज्यान गएको प्रहरीले जनाएको छ ।

प्रदेश २ ०३००४ प ५५० नम्बरको मोटरसाइकललाई कलङ्कीको अण्डरपासमा टिपरले ठक्कर दिएको थियो । ठक्कर दिने टिपर फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी छ ।

Logo