‘केजीबी’का तेस्रा नेता पनि महाभ्रष्टाचारमा

‘केजीबी’का तेस्रा नेता पनि महाभ्रष्टाचारमा


काठमाडौं । कांग्रेस उपसभापति तथा कुनै बेला कांग्रेसको शक्तिशाली ग्रुप ‘केजिबि’का नेता विजयकुमार गच्छदार भ्रष्टाचारको मुद्दामा औपचारिक रुपमा नै मुछिएका छन् । ‘केजिबि’ अर्थात खुमबहादुर खड्का, गोबिन्दराज जोशी र बिजयकुमार गच्छदारको शक्तिशाली समूह हो । खुमबहादुरको मृत्यु भइसकेको छ भने गोबिन्दराज विरुद्धको भ्रष्टाचार मुद्धा अदालतमा विचाराधिन छ । १२ पटकका मन्त्री गच्छदार चाहिँ बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुसिएका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गर्ने भएको छ । यसरी मुद्धा दायर गर्ने पंक्तिमा गच्छदारको नाम सवैभन्दा अगाडि रहेको छ ।

पूर्वमन्त्रीद्धय चन्द्रदेव जोशी र डम्बर श्रेष्ठविरुद्ध पनि यही प्रकरणमा मुद्धा तयारी गरिएको छ । त्यसैगरी पूर्व सचिवहरु, व्यापारी, भूमाफिया आदिको परिचय वनाएकाहरू लगायत १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर हुने भएको हो । सरकारले अधिग्रहण गरेको जग्गा राजनीतिक कारणले जफत भएको भनि फिर्ता गराएर विभिन्न व्यक्तिको नाममा नामसारी गर्न सहयोग गरेको अभियोगमा गच्छदारविरुद्ध मुद्दा दायर भएको हो । ललिता निवासको २ सय ९९ रोपनी मध्ये १ सय १४ रोपनी जग्गा हिनामिनामा भएको अख्तियारको ठहर छ । गच्छदारमाथि ९ करोड ६५ लाख ७६ हजार विगो माग गरिएको छ ।

गच्छदार कुनैबेला शक्तिशाली कांग्रेस नेता थिए । उनी तत्कालिन सभापति गिरिजाप्रसाद कोइरालाका विश्वासपात्र थिए । त्यही आडमा उनी भ्रष्टाचारमा लिप्त हुन सफल रहेको विश्लेषण गर्नेहरू पनि छन् । उनी चरम महत्वकांक्षी पनि छन् । कांग्रेस छोडेर मधेसी जनअधिकार फोरम गएका उनले सरकारमा जानका लागि नै उक्त पाटी फुटाए । र, तत्कालीन एमाले नेता माधव नेपालको नेतृत्वमा बनेको सरकारमा सहभागी भए । पार्टी फुटाएर मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) गठन गरे अनि माधव नेपाल नेतृत्वको सरकारमा सहभागी भए । उनले मन्त्री हुन र मन्त्री भएपछि सबैखाले उपाय रचेर काम गरे भनेर आरोप लगाउनेहरू धेरै छन् ।

गच्छदारका पक्षपातीहरू पनि उनको पछाडि प्रशंसाका शब्द ओकल्न सक्दैनन् भने विरोधीहरू उनलाई भ्रष्टचारको महारथी भनेर खोइरो खन्छन् । जसले जे भनेपनि उनले २०४८ सालपछि भएका सवै निर्वाचनमा जीत हासिल गरेर संसदमा वा संविधानसभामा प्रतिनिधित्व गरेकै छन् । फोरम लोकतान्त्रिक छोडेर पुरानो पार्टी कांग्रेस फर्कदा समेत उनलाई दोस्रो वरियता (उपसभापति) दिइएको छ । तर, मुद्दा दायर भएको जानकारी संघीय संसदलाई हुने वित्तिकै उनको सांसद पद निलम्बन हुने छ । मुद्दा हारेको खण्डमा सायद कांग्रेसले पनि उनलाई ‘बाइकट’ गर्ने छ ।

 

Skip This
Logo