#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व30653140955191738854222309407
नेपाल615933901738343820

नेरुडे लघुवित्तले १३ प्रतिशत बोनस शेयर दिने

मोरङ, ३० पुस

नेरुडे लघुवित्त विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०७३÷०७४ मा करिब रु साढे नौ करोड मुनाफा आर्जन गरेको छ । 

अध्यक्ष भेषप्रसाद धमलाले आव २०७३/७४ मा बैंकले एक लाख नौ हजार ८१३ घर परिवारमा लघुवित्त सेवा पु-याइ ७३ हजार ८११ ऋणी सदस्यलाई रु तीन अर्ब नौ करोड ऋण लगानी गरेको बताउनुभयो । 

उहाँले रु एक अर्ब १३ करोड बचत संकलन गरेको जानकारी दिनुभयो । बैंकले सम्पूर्ण शेयर धनीलाई आव २०७३/७४ को वितरणयोग्य मुनाफाबाट ७ दशमलव ६८ प्रतिशत नगद लाभांश र १३ प्रतिशत बोनस शेयर वितरण गर्ने जनाएको छ । बैंकका प्रबन्ध सञ्चालक मणिकुमार अज्र्यालले बैंकको चुक्ता पूँजी रु ३४ करोड ५७ लाख ८० हजार पुगेको बताउनुभयो । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार