#COVID19जम्मा संक्रमितमृत्युहाल बिरामीहरुनिको भएका
विश्व31491277969375740094623120956
नेपाल652764271761147238

औरहीमा विद्युत् नहुँदा अँध्यारो

राजविराज, ३० पुस

सप्तरीको अति विकट मानिएको डाकनेश्वरी नगरपालिका–३, औरही गाउँमा बिजुली नहुँदा जनता अँध्यारोमा दिन बिताउँदैछन् । 

भारतीय सीमा नाकासँग जोडिएको सो गाउँमा अहिलेसम्म बिजुली नपुगेको स्थानीयवासी देवकुमार यादवले बताउनुभयो । सदरमुकाम राजविराजदेखि पश्चिम दक्षिणमा अवस्थित सो गाउँमा हालसम्म विद्युत् नहुँदा मोबाइल चार्ज तथा गहुँ– धान कुटाउनीपिसाउनी गर्नसमेत समस्या हुने गरेको गुनासो उहाँले गर्नुभयो । 

दलित, मुसलमान र यादवको बसोबास रहेको उक्त गाउँमा करिब पाँच वर्ष अगाडि नेपाल विद्युत् प्राधिकरणले खम्ब गाडे पनि अहिलेसम्म तार नदिएका कारण बिजुली बाल्नबाट आफूहरु वञ्चित भएको स्थानीयवासी मुकेशकुमार यादवले बताउनुभयो । 

तीन सय घरधुरी रहेको साविकको औरही गाविसबाट रु तीन लाखमा खम्बा र तारका लागि बजेट छुट्याइए पनि हालसम्म विद्युत् नपुग्दा आफूहरुलाई भारतीय गाउँमा मोबाइल चार्जलगायत अति अवाश्यक काम गर्न जानुपर्ने बाध्यता रहेको मिरदुल यादवले दुखेसो पोख्नुुभयो । यता प्राधिकरणले भने त्यहाँ छिट्टै विद्युत् दिइने जनाएको छ । रासस

सम्बन्धित समाचारहरु

ताजा समाचार