वार्षिकोत्सवको अवसरमा टेलिकमले ल्यायो अफर नै अफर

वार्षिकोत्सवको अवसरमा टेलिकमले ल्यायो अफर नै अफर


नेपाल टेलिकमले आफ्नो १६ औ वार्षिकोत्सवको अवसरमा विभिन्न अफरहरु सार्वजनिक गरेको छ ।

टेलिकमले २ वटा डाटा प्याक अफर ल्याएको छ । यस अन्तर्गत ग्राहकले १६०० मा ९० दिनको लागि ३० जिबी डाटा पाउने छन् भने ३ हजार रुपैयाँमा १८० दिनको लागि ६० जिबी डाटा पाउने छन् । पोस्टपेडतर्फ टेलिकमले ३ सयमा ६ सय मिनेटको टक टाइम अथवा ३ हजार एमबी डाटा लिन सक्ने र यो ३० दिनको लागि लागु हुने टेलिकमले जनाएको छ ।

रिचार्जतर्फ टेलिकमले २ सय देखि ४९९ सम्मको रिचार्ज गर्दा २ सय एमबी बोनस डाटा प्रदान गर्ने जनाएको छ । त्यस्तै ५०० देखि ९९९ सम्मको रिचार्जमा ५ सय एमबी बोनस डाटा र १ हजार भन्दा माथिको रिचार्जमा १ हजार एमबी बोनस डाटा प्रदान गर्ने टेलिकमले जनाएको छ । रिचार्ज कार्ड र एमपिओसबाट गरिने रिचार्जमा यो सेवा उपलब्ध रहेको छ ।

रिचार्जका अफरहरु माघ २२ देखि २४ गतेसम्म लागू हुनेछ भने अन्य अफरहरु चैत्र ३० गतेसम्म लागु हुने टेलिकमले जनाएको छ ।

Logo