पूर्व सांसद श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित

पूर्व सांसद श्रेष्ठको निधनमा शोक प्रस्ताव पारित


काठमाडौं ।  पूर्व सांसद श्रीराम श्रेष्ठको निधनमा प्रतिनिधिसभाको आजको बैठकले शोक प्रस्ताव पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले २०४८ सालमा नेपाली काँग्रेसका तर्फबाट राष्ट्रियसभामा निर्वाचित श्रेष्ठको निधनमा प्रस्तुत गरेको शोक प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।

प्रजातन्त्र एवं लोकतन्त्र स्थापनाका हरेक आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका तथा सादा र सरल जीवन पद्धतिमा विश्वास गर्ने नेता श्रेष्ठको ८० वर्षका उमेरमा सोमबार निधन भएको थियो ।

ललितपुरस्थित निदान अस्पतालमा उपचारका क्रममा नेता श्रेष्ठको निधनमा सदनको आजको बैठकले शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ ।

Logo