सभामुख र जापानी राजदूतबीच भेटवार्ता

सभामुख र जापानी राजदूतबीच भेटवार्ता


काठमाडौं ।

नेपालका लागि जापानी राजदूत मासामिची साइगोले प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटासँग भेटवार्ता गरेका छन् ।

मंगलबार बिहान सभामुखको कार्यकक्षमै पुगेर राजदूत साइगोले उनीसँग भेटवार्ता गरेका हुन् । भेटमा राजदूत साइगोले नेपालको आर्थिक, सामाजिक, सुशासन र प्रविधिको क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।

विशेष गरी नेपालमा प्रविधि र तालिमका लागि जापानले सहयोग गर्ने उनले बताइन् । सभामुख सापकोटासँग यसअघि चीन र भारतका राजदूतहरुले शिष्टाचार भेटघाट गरिसकेका छन् ।

सभामुख सापकोटाले नेपाल र जापानको सम्बन्ध निकै पुरानो भएको स्मरण गर्दै दुई देशबीचको सम्बन्ध र सहकार्य अझ बयियो बनाउनुपर्ने बताए ।

Logo