एभीसी सेन्ट्रल जोनमा मानबहादुरको कम ब्याक

एभीसी सेन्ट्रल जोनमा मानबहादुरको कम ब्याक


काठमाडौं । एसियन भलिबल कन्फेडेरेसन (एभीसी) सेन्ट्रल जोन पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपालले प्रारम्भिक टोलीको घोषणा गरेको छ । भलिबल संघले घोषणा गरेको टोलीमा मानबहादुर श्रेष्ठले कमब्याक गरेका छन् ।

बंगलादेशमा आयोजना हुने च्याम्पियन्सिपका लागि नेपाल भलिबल संघले इम रानाको कप्तानीमा १८ सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको हो । १३औँ दक्षिण एसियाली खेलकुदमा सहभागी नभएका मानबहादुर एभीसीका लागि भने प्रारम्भिक टोलीमा बोलाइएका हुन् ।

बंगलादेशमा आयोजना हुने एभीसी सेन्ट्रल जोन चैतको पहिलो साताबाट हुनेछ ।

Logo