डेढ लाख घूससहित नासु पक्राउ

डेढ लाख घूससहित नासु पक्राउ


काठमाडौं । अख्तियारले जनकपुर भन्सार कार्यालय, धनुषामा कार्यरत नायब सुब्बा अहमद रजा अन्सारीलाई डेढ लाख घूससहित  नियन्त्रणमा लिइएकाे छ ।

अख्तियार दुरुपयाेग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार हिजाे नेपाल-भारत सिमा बजारबाट घरायसी सामानहरु ल्याउन सहज गराई दिन्छु भन्दै सेवाग्राहीबाट घूस लिएकाे सूचनाकाे आधारमा नियन्त्रणमा लिइएकाे हाे ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिई गएको टोलीले निज अहमद रजा अन्सारीलाई जनकपुर उप-महानगरपालिका वडा नं. ८ पिडारी चोकबाट उक्त रकमसहित नियन्त्रणमा लिई अनुसन्धान थालेकाे छ ।

प्रवक्ता

Download Now

Other Press Release

Logo