आज प्रतिनिधिसभाको बैठक बस्दै

आज प्रतिनिधिसभाको बैठक बस्दै


काठमाडौं ।

प्रतिनिधिसभाको बैठक मंगलबार दिउँसो १ बजे बस्दैछ । बैठकमा बिभिन्न विधेयक र विधेयकसँग सम्बन्धीत प्रतिवेदनहरु पेश हुने कार्यसूची राखिएको छ ।

महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।

यस्तै बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले “सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६” लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । खतिवडाले नै सार्वजनिक ऋण व्यवस्थापन विधेयक, २०७६” पनि प्रस्तुत गर्दैछन् ।

त्यस्तै शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले पारमाणविक विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची पनि रहेको छ ।

Logo