प्रभु बैंकको धर्मस्थली शाखा कार्यालय सञ्चालनमा

प्रभु बैंकको धर्मस्थली शाखा कार्यालय सञ्चालनमा


काठमाडौं ।

प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमबारदेखि काठमाडौं जिल्लाको तारकेश्वर नगरपालिकास्थित धर्मस्थलीमा आफ्नो २०७ औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको धर्मस्थली शाखा कार्यालयको समुद्घाटन तारकेश्वर नगरपालिकाका मेयर रामेश्वर वोहोराले गरेका हुन् ।

बैंकको धर्मस्थलीमा शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी रामेश्वर वोहोराले प्रभु बैंकले आफ्नो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना दिए । बैंकको धर्मस्थली शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको धर्मस्थलीशाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुने भएकाले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ्ग बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पूर्ण आर्थिक कारोबार बैंकिङ्ग प्रणालीमा प्रवेश गर्नुका साथै यस क्षेत्रको समग्र आर्थिक उन्नतीमा धर्मस्थली शाखा कार्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ बैंकले विश्वास लिएको छ ।

Logo