‘झण्डा बाबा’को कर्तुत : पुरी खाने बाहानामा बालिकामाथि बलात्कार

‘झण्डा बाबा’को कर्तुत : पुरी खाने बाहानामा बालिकामाथि बलात्कार


वीरगन्ज ।

१४ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भारतका एक साधुबाबालाई पक्राउ गरेको छ। बाराको कोल्हबी नगरपालिका ११ रामपुर्वामा स्थानीय १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ५३ वर्षीय भारतीय साधुबाबालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारतको राजस्थान प्रान्तको बुन्दी जिल्लाको पाटन चिन्ताग्राम घर भएका साधुबाबा रामेश्वर भनिने हरि नारायण शर्मा रहेका छन् । आफूलाई आशाराम बाबाको शिष्य बताउने गरेका शर्मा केही समयदेखि रामपुर्वामा रहेको जानकी मन्दिरमा बस्दै आएका थिए । ‘झण्डा बाबा’ उपनामले चिनिएका शर्माले आफूले झारफुक, तन्त्रमन्त्र जानेकाले त्यसबाट विभिन्न रोग ठीक पार्ने दावी गर्दै कोल्हवी क्षेत्रमा झारफुक गर्दै आएका थिए।

शर्माले आइतबार राति कोही सदस्य नभएको मौकामा पुरी खान मन लागेको भन्दै बालिकाको घरमा पसेर बलात्कार गरेको प्रहरीको भनाइ छ।

घटनाबारे स्थानीयले थाहा पाएपछि शर्मालाई कुटपिट गरि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए। बालिकाको बुवा पुरी पकाउन चाहिने घ्यू किन्न पसलमा गएका बेला शर्माले घरमा एक्लै भएको मौका छोपेर झारफुकको तन्त्रमन्त्र सिकाइ दिने बहानामा कोठाभित्र लगेर बलात्कारलाई गरेको प्रहरी नायव उपरिक्षक मिश्रले बताए।
अन्नपूर्णबाट

Logo