मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु

मोरङमा सवारी दुर्घटनामा दुई जनाको मृत्यु


मोरङ ।

मोरङ जिल्लामा सोमबार भएको दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मुत्यु हुनुका साथै तीन जना घाइते भएका छन् । मोरङको सुन्दर हरैँचा नगरपालिका–१० जरुवामा सोही स्थान बस्ने साइकल यात्री ४७ वर्षीय बाबुराम कार्कीलाई प्रदेश नं १–०२–००१ ख ८१०९ नं को टिपरले ठक्कर दिँदा उपचारका क्रममा प्रदेश (कोशी) अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटना गर्ने टिपर र तयसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान शुरु गरिएको छ ।

मोरङको उर्लाबारी नगरपालिका–१ कान्छी चोकमा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को १७ प ७९४ नं को मोटरसाइकललाई मधुमल्ला चिल्ड्रेन एकेडमीको को १ ख ७५५६ नं को स्कुल बसले ठक्कर दिँदा मोटरसाइकलमा सवार मोरङको मिक्लाजुङ गाउँपालिका–३ का तीन वर्षीया बालिका प्रतीका विकको उपचारका क्रममा विराटनगरको विराट नर्सिङ होममा मृत्यु भएको छ ।

स्कुल बसको ठक्करबाट घाइते मोटरसाइकल चालक २६ वर्षीय डेकेस विक, निजकी श्रीमती २० वर्षीया सिर्जना विक, सासू ४३ वर्षीया कल्पना ठटाल र तीन वर्षीया छोरी प्रतीका घाइते भएका थिए । बस र बस चालककाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रासस

Logo