सभापति देउवाद्वारा दुःख व्यक्त

सभापति देउवाद्वारा दुःख व्यक्त


काठमाडौँ ।

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको काठमाडौँ जिल्ला कार्यसमितिका पूर्वकोषाध्यक्ष एवं पूर्वसांसद श्रीराम श्रेष्ठको निधनप्रति दुःख व्यक्त गरेका छन् । पूर्वसांसद श्रेष्ठको ८१ वर्षको उमेरमा उपचारको क्रममा सोमबार निधन भएको हो ।

सभापति देउवाले आज एक विज्ञप्तिमार्फत उनको आत्माको चीरशान्तिको कामना गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । पूर्वसांसद श्रेष्ठको निधनबाट काँग्रेसलाई अपूरणीय क्षति पुग्नुका साथै सच्चा लोकतन्त्रवादी नेता पार्टीले गुमाएका सभापति देउवाले उल्लेख गरेका छन् । नेपालको लोकतान्त्रिक आन्दोलनमा स्व श्रेष्ठले महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै काँग्रेसको सङ्गठन विस्तारमा उनको महत्वपूर्ण योगदान रहेको थियो ।
रासस

Skip This
Logo