अल्फाबिटाको ‘युएस एजुकेसन फेयर’ सम्पन्न

अल्फाबिटाको ‘युएस एजुकेसन फेयर’ सम्पन्न


काठमाडौं । अल्फा बिटा इन्स्टिच्युटले अमेरिकामा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी सोमबार ‘युएस एजुकेसन फेयर’ आयोजना गरेको छ । अमेरिका, क्यानाडा लगायतका मुलुकमा अध्ययन गर्न चाहने विद्यार्थीले त्यहाँका विश्वविद्यालय तथा कलेजका प्रतिनिधिबाट एकै ठाउँमा सूचना लिन पाऊन् भन्ने उद्देश्यले मेलाको आयोजना गरिएको हो । मेलामा आधा दर्जन विदेशी शैक्षिक संस्थाका प्रतिनिधिले परामर्श दिएका छन् ।

अल्फा बिटा इन्स्टिच्युटका प्रडक्ट डेभलपमेन्ट डाइरेक्टर सञ्जीव स्मार्टका अनुसार विद्यार्थीलाई अल्फाबिटाले विद्यार्थी अध्ययनका लागि जाने देशका विश्वविद्यालयका प्रतिनिधिहरुबाट नै परामर्शको व्यवस्था गरेको बताए । मुलुकभर १० स्थानमा शाखा रहेको अल्फाबिटाको अस्ट्रेलियाको सिड्नीमा समेत शाखा रहेका छन् ।

नेपालको परामर्श क्षेत्रमा आफुहरुले विद्यार्थीको विश्वास जितिरहेको र आगामी दिनमा पनि अल्फाबिटाले विद्यार्थीहरुको सहजीकरणमा कुनै सम्झौता नगर्ने बताए । डेभलपमेन्ट डाइरेक्टर स्मार्टले आफ्नो इन्स्टिच्युटबाट परामर्श लिएर विदेशमा अध्ययनका लागि गएका विद्यार्थीहरु अध्ययन पश्चात नेपालमै आएर मुलुककै सेवा गरिरहेको पनि दावी गरे ।

विदेशी विश्वविद्यालयमा अध्ययन गर्न जान चाहने विद्यार्थी तथा अभिभावकको लागि आल्फाबिटा आस्था र भरोसा रहेको उनको भनाइ छ । अल्फाबिटाले बर्षेनी ७ देखि ८ हजार विद्यार्थीलाई परामर्श दिँदै आएको छ । परामर्शको लागि अल्फाबिटामा न्युनतम ६ हजार रुपैयाँ देखि १४ शुल्क लाग्ने पनि इन्स्टिच्युटका डेभलपमेन्ट डाइरेक्टर स्मार्टले बताए ।

कतिपयले शैक्षिक परामर्श क्षेत्र धाराशायी बन्दै गएको भनिए पनि अल्फाबिटामा त्यो समस्या नभएको उनको दावी छ । सरकारले यो क्षेत्रलाई समेटेर नियम कानुन बनाएर नियमन गर्न सके यो क्षेत्रको भविष्य उज्जवल रहेको इन्स्टिच्युटका डेभलपमेन्ट डाइरेक्टर स्मार्टको भनाई छ ।

मेलामा आइइएलटिएस, पिटिईलगायतको परामर्श दिइएको छ ।

Logo