नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक

नबिल बैंकद्वारा नबिल सजिलो एक्सप्रेस कर्जा सार्वजनिक


काठमाडौं ।

नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना जारी गरेको छ । कर्जा सम्बन्धी निर्णय प्रकृयालाई गति दिदै जोखिममा आधारित मूल्यांकनसहित क्रेडिट स्कोरिंग मोडेल कर्जा प्राप्तङ्कका आधारमा यो योजना आरम्भ गरिएको हो ।

सरल र शीघ्र प्रशोधनसहित अधिकतम १०.५ प्रतिशतको ब्याजदरमा यो कर्जा उपलब्ध हुनेछ । नबिल सजिलो एक्सप्रेस कर्जा देशका सातै वटा प्रदेशमा लैजाने अभियानका क्रममा, यो कर्जा डिसेम्बर २३, २०१९ मा काठमाडौबाट सुभारम्भ गरिएको थियो । यसै क्रममा उक्त नयाँ एस.एम.ई कर्जा प्रदेश नं. ५ को भैरहवामा आयोजित एक समारोहका बीच उद्घाटन भएको छ ।

योजनाको शुभारम्भ अवसरमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नबिल सजिलो एक्सप्रेस कर्जा देशका विभिन्न क्षेत्रमा रहेका साना तथा मझौला व्यवसायीहरुको आवश्यकताहरुलाई सम्बोधन गर्ने उद्देश्यले ल्याइएको बताए ।

यी साना तथा मझौला कर्जा योजनाको सफलतापछि नबिल बैंकले नबिल सजिलो कर्जाकै स्तरोन्नतिका रुपमा नबिल सजिलो एक्सप्रेस कर्जा योजना सार्वजनिक गरेको छ । यसबाट साना तथा मझौला उद्यमका ग्राहकका लागि ७५ लाखसम्मको कर्जा प्रतिश्पर्धी ब्याजदरमा उपलब्ध हुने बताइएको छ ।

Logo