महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता

महालक्ष्मी विकास बैंकका ग्राहकहरुको प्रशासनिक शुल्क फिर्ता


काठमाडौं ।

महालक्ष्मी विकास बैंक लिले गुणस्तरीय सेवाप्रदान गरी ग्राहक सन्तुष्टि अभिवृद्धि गर्ने उद्देश्यसहित महालक्ष्मी उद्यमशीलकर्जा योजना अन्तर्गत नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्कफिर्ता गरेको छ । ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता/ब्याज भुक्तानी गरेर देखाएको इमान्दारीताको कदरस्वरुप बैंकले उक्त शुल्क फिर्ता गरेको हो ।

बैंकले प्रदान गरेको उक्त सुविधाबाट यस आर्थिक बर्षको असोज मसान्तसम्म करिब ६० जना ग्राहक लाभान्वित हुन सफल भएका छन् । आगामी दिनहरुमा समेत कर्जाको किस्ता/ब्याज नियमित भुक्तानी गर्ने ग्राहकहरुलाई संस्थाको नियमानुसार प्रशासनिक शुल्क फिर्ता गर्दै जाने बैंकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १०२ वटा शाखा तथा ३५ वटा एटिएमहरु मार्फत सेवाप्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लिको ग्राहक संख्या ५ लाखभन्दा बढी रहेको छ ।

Skip This
Logo