तीन सयले बढ्यो सुन, कति छ आजको मूल्य ?

तीन सयले बढ्यो सुन, कति छ आजको मूल्य ?


काठमाडौं ।

नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । सुन आज तीन सयले बढेको हो । यस हप्ता आइतबार स्थिर रहेको सुन सोमबार प्रतितोला ८ सयले बढेको थियो । मंगलबार ११ सयले बढेको थियो । यो हप्ता लागेसँगै सुनको मूल्य बढिरहेको छ ।

गत हप्ता शुक्रबार तोलामा ४ सय रुपैंयाँले बढेको सुन आइतबार स्थिर रहेको थियो । विहिबार सुन ९४ हजार १०० रुपैंयाँमा कारोबार भएको थियो ।

आज सुन प्रतितोला ९६ हजार ७०० रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार २ सय कायम गरिएको छ । चाँदीको मूल्य पनि आज बढेको छ । ५ रुपैंयाँले बढेर आज चाँदी १ हजार ३४० रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

Logo