जलवायु परिवर्तनको प्रभाव : डोल्पामा पुसमै फल्यो स्याउ, किसान चकित

जलवायु परिवर्तनको प्रभाव : डोल्पामा पुसमै फल्यो स्याउ, किसान चकित


डोल्पा ।

डोल्पामा पहिलो पटक पुसमा स्याउ फलेको छ । जलवायु परिवर्तनको कारण पहिलो पटक डोल्पामा पुसमा स्याउ फलेको हो । जिल्लाको जुफाल लगायतका विभिन्न गाउँमा पुसमा स्याउ फलेपछि कृषक नै चकित छन्।

बागवानी विकास केन्द्र जुफालमा समेत स्याउ फलेपछि कृषि विकासका प्राविधिक नै छक्क परेका हुन् । जलवायु परिवर्तनको प्रभाव मौसमको चक्रमा परेर तापक्रममा वृद्धि हुँदा त्यसको असर फलफूलमा पर्दा पुसमा स्याउ फलेको कृषि प्राविधिक डिल्ली बोहोराले जानकारी दिए ।

बोहोराले भने, नेपालमा सरदर औसत तापक्रम ०.०६ डिग्री सेल्सियसले बढी रहेको र तराईमा भन्दा हिमाली क्षेत्रमा तापक्रम बढी रहेकोले पनि डोल्पामा स्याउ पुसमा फलेको हुन सक्छ । चैत, वैशाखमा फूल फुलेर साउनबाट पाक्ने स्याउ यस वर्ष पुसमा फलेको हो ।

कृषकले भने पुसमा स्याउ फल्दा चिन्ता व्यक्त गरेका छन् । ‘स्याउ फार्मतर्फ आकर्षण बढ्दै गर्दा पुसमा स्याउ फलेपछि ठूलो संकट आएको हो कि भन्ने चिन्ता बढेको छ, कृषक अर्जुन बुढाले भने ।

डोल्पामा हाल सय भन्दा धेरै स्याउ फार्म रहेका छन् । हरेक फार्ममा १० कजेजीसम्म स्याउ फलेको कृषकले बताएका छन् ।अन्नपूर्णबाट

Logo