स्कूल भ्यानको ठक्करले बालिकाको मृत्यु

स्कूल भ्यानको ठक्करले बालिकाको मृत्यु


दाङ ।

दाङमा स्कुल बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । लमहीमा स्कुल बसको ठक्करबाट १८ महिने बालिकाको मृत्यु भएको हो ।

गोरखा मोडेल कलेजको रा १ ख १०२८ नं.को स्कुल बसले ठक्कर दिँदा लमही नगरपालिका–६ देउपुर निवासी छोटु मुसलमानकी १८ महिने छोरी सफिना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब उपरीक्षक सुमित खड्काका अनुसार शुक्रबार अपराह्न करीब ४ः०० बजेतिर विद्यार्थी छाड्न पुगेको स्कुल भ्यानले सडकमा खेल्दै गरेकी खातुनलाई ठक्कर दिएको थियो । चालक र भ्यान प्रहरीले नियन्त्रणमा लिएको छ ।

Logo