आयोजक ढोरपाटनको दोहोरो जित

आयोजक ढोरपाटनको दोहोरो जित


काठमाडौं। आयोजक ढोरपाटन स्पोर्ट्स क्लबले १५ औं संस्करणको सानमिगेल ढोरपाटन महिला डबल लिग भलिबल प्रतियोगितामा दोस्रो दिन दोहोरो जित हात पारेको छ ।

नयाँ बसपाकस्थित ढोरपाटन क्लबको कोर्टमा शुक्रबार भएको खेलमा आयोजक ढोरपाटनले सामाखुशी इंग्लिस बोर्डिङ स्कुल ९सेब० र चुली युवा क्लबलाई पराजित गर्दै दोहोरो सफलता हात पारेको हो । पहिलो खेलमा सेबमाथि २५–१७, २५–२१ र २५–६ को सहज जित निकालेको ढोरपाटनले दोस्रो खेलमा चुली युवा क्लबलाई २६–२४, २५–१९ र २५–२१ को सहज जित निकाल्यो । दोहोरो जितसँगै ढोरपाटनले लिगमा ६ अंक बटुलेको छ । चार खेल खेलेको चुली युवा क्लब अंकबिहीन छ ।

शुक्रबारै साविकको विजेता नेपाल एपिएफ क्लबले त्रिभुवन आर्मी क्लर्ला ३–० को सेटमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गर्न सफल भयो । एपिएफले पहिलो खेलमा चुली युवा क्लबलाई हराएको थियो । शुक्रबार एपिएफले आर्मीमाथि २५–२२, २५–२२ र २५–१७ को सहज जित निकाल्यो । जितसँगै एपिएफको दुई खेलबाट ६ अंक पुगेको छ । दुई खेलबाट आर्मीको ३ अंक छ ।

यस्तै होङ्ग्वान्जी न्यू डायमण्ड स्पोर्टस क्लब, नेपाल पुलिस क्लब र बुलबुले रारा क्लबले पनि जित निकालेका छन् । न्यू डायमण्डले चुली युवा क्लबलाई २५–१२, २५–१७ र २५–६ ले हरायो । डायमन्डको पनि ६ अंक पुगेको छ । डायमण्डले पहिलो दिन पारामाउन्डलाई हराएको थियो । त्यस्तै पुलिस क्लबले सेब स्कुललाई २५–११, २५–१४ र २५–११ ले पराजित गरेको छ । अर्को खेलमा बुलबुले रारा क्लबले पारामाउन्ट उच्च माविलाई २५–१२, २५–१६ र २५–१५ ले हरायो । बुलबुलेको पनि यो लगातार दोस्रो जित हो । प्रतियोगितामा शनिबार ५ खेल हुने आयोजकले जनाएको छ ।

Logo