प्रजातन्त्रप्रति नेपालीहरूकाे असन्तुष्टिदेखि मानव बेचविखनमा वडाध्यक्षसम्म (भिडियोसहित)

प्रजातन्त्रप्रति नेपालीहरूकाे असन्तुष्टिदेखि मानव बेचविखनमा वडाध्यक्षसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक ५ वटा समाचारहरूलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रसारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

आजका प्रमुख समाचार मध्ये सरकारले मुलुकमा शान्ति सुव्यवस्था कायम भएको बताइरहँदा नेपालमा मानवअधिकारको अवस्था अझै पनि सन्तोषजनक बन्न नसकेको प्रतिवेदन सार्वजनिक भएको छ ।
प्रजातन्त्रप्रति नेपालीहरुको विश्वास सम्बन्धी प्रसङ्ग । प्रजातन्त्रप्रति नेपालीहरूको असन्तुष्टि दक्षिण एशियामै सबैभन्दा बढी भएको पाइएको छ । नेपालमा मात्रै होइन विकसित मुलुक ब्रिटेन र अमेरिकामा पनि ठूलो असन्तुष्टि रहेको विविसीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।
विधिको शासन लोकतन्त्रको मेरुदण्ड हो । कानुनको उल्लङ्घन कसैका लागि क्षम्य हुँदैन । कानून उलंघन गरे दण्ड सजायको ब्यवस्था गरिएको हुन्छ । तर कतिपय अवस्थामा कारवाहीबाट जोगिन नागरिकले निकै सास्ती खेप्नुपर्ने हुँदो रहेछ । डोटीका स्थानीयबासीले वर्षाैदेखि सास्ती खेप्दै आएका छन् । एक सय रुपैंयाको विद्युत महसुल बुझाउन उनीहरु एक हजार ५ सय रुपैंयासम्म खर्च गर्न बाध्य छन् ।
नेपालमा लागू औषधको रुपमा प्रतिबन्धित गाँजा विश्वमा भने खुला हुने क्रममो छ । नेपालमा पनि गाँजालाई खुला गर्नुपर्ने बहस बेलाबखत हुने गरेका छन् । अब त्यस्तो बहसले संसदमा प्रवेश पाउने भएको छ ।

Logo