‘प्रतिनिधिसभालाई खेलौना बनाउन पाईंदैन’ : कांग्रेस वरिष्ठ नेता पौडेल (भिडियोसहित)

‘प्रतिनिधिसभालाई खेलौना बनाउन पाईंदैन’ : कांग्रेस वरिष्ठ नेता पौडेल (भिडियोसहित)


काठमाडौं।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरेका छन्।

मंगलबार जनता समाजवादी पार्टी, नेपालले आयोजना गरेको सरकारको असंवैधानिक कदम र राजनीतिक संकट विषय अन्तर्क्रियामा बोल्दै बरिष्ठ नेता पौडेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने विश्वास व्यक्त गरे । कुनै कानूनी तथा संवैधानिक आधार बिना नै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभाको विघटन गरेकाले सर्वोच्च अदालतले संविधानको भावना अनुसार नै व्याख्या गरेर प्रतिनिधि सभालाई पुनर्स्थापना गर्ने विश्वास रहेको बताए।

वरिष्ठ नेता पौडेलले कुनै नेताको महत्वाकांक्षामा ठेस लाग्यो भने पनि प्रतिनिधिसभामाथि रिस पोख्ने तथा प्रतिनिधिसभालाई खेलौना बनाउने प्रवृतिको अन्त्य गर्न संसदीय प्रणालीलाई सुधार गर्दै प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न नपाउने व्यवस्था संविधानमा गरिएको पनि बताए। संविधानमा संसद विघटनको विशेषाधिकार प्रधानमन्त्रीलाई नभएको भन्दै यसका निम्ति आफूहरु अदालतमा गएर बहस गर्नुपर्छ भनेपनि तयार रहेको बताए ।

उनले प्रतिनिधिसभा विघटनको कदमका विरुद्ध नेपाली कांग्रेस देशभर आन्दोलनमा होमिएको पनि बताए। देशभरका वडा, पालिका तथा प्रदेशस्तरमा विरोधका कार्यक्रम राखिएको र आवश्यक परे राजधानी केन्द्रीत भएर पनि आउन सक्ने बताए।

Logo