प्रधानमन्त्रीद्वारा सहिदहरु प्रति श्रद्धाञ्जली

प्रधानमन्त्रीद्वारा सहिदहरु प्रति श्रद्धाञ्जली


काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

सहिद दिवसको अवसरमा लैनचौरस्थित सहिद स्मारक पुगेर प्रधानमन्त्री ओलीले सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् । देश र जनताका लागि आफ्नो जीवनको आहुति दिने सहिदहरुको सम्झना गर्दै प्रधानमन्त्री ओलीले लोकतान्त्रिक आन्दोलनका विभिन्न कालखण्डमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने अमर सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरे ।

प्रधानमन्त्री ओलीले जहानियाँ राणा शासन, निरंकुश पञ्चायती र राजतन्त्रात्मक व्यवस्थाको अन्त्य गरी सहिदको आत्मबलिदान मार्फत सामाजिक न्याय, कानूनी शासन र जनाधिकारसहितको न्यायपूर्ण व्यवस्था प्राप्त भएको स्मरण गरेका थिए ।

सहिदहरुको सम्मानमा बिहीबार बिहान रत्नपार्कको शान्तिबाटिकाबाट लैनचौरस्थित सहिद स्मारकसम्म प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा सरकारी उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायका ब्याण्ड टोली र मार्चपास सहितको टोलीको सहभागिता रहेको थियो

Logo