दि कर्माको च्यारिटि शो मंगलबार

दि कर्माको च्यारिटि शो मंगलबार


काठमाडौं ।

माघ १७ गतेदेखि प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र दि कर्माको मंगलबार च्यारिटि शो हुने भएको छ । नेपाल चलचित्र कलाकार संघको सहयोगार्थ दि कर्माको च्यारिटि शो हुन लागेको हो । च्यारिटि शो को सहयोग शुल्क १ हजार राखिएको छ ।

श्रीत फिल्मस् एण्ड इन्टरटेन्मेन्ट र जया मिडिया म्यानेजमेन्टको प्रस्तुति रहेको यस चलचित्रको बिग मुभिज सिटि सेन्टर, कमलपोखरीमा च्यारिटि शो हुने बताइएको छ । चलचित्रमा बुद्धी तामाङ, निता ढुंगाना, परमिता आर एल राना लगायत कलाकारको अभिनय देख्न सकिनेछ ।

Logo